
सुर्खेत: “आफ्नो लागि आफैँ” भन्ने मूल नारासहित दलित समुदायको हक, अधिकार र समावेशी सहभागिताको सुनिश्चितताका लागि क्रियाशील रहँदै आएको ‘दलितका लागि दलित अभियान, नेपाल’ले आइतबार वीरेन्द्रनगर–६ स्थित सुनचाँदी व्यवसाय संघ सुर्खेतको भवनमा अन्तरक्रिया कार्यक्रमसहित सुर्खेत जिल्ला समिति गठन गरेको छ।
कार्यक्रम केन्द्रीय संयोजक खगेन्द्र सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न दलित अगुवा, सामाजिक अभियन्ता, महिला प्रतिनिधि र युवाहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमका वक्ताहरूले दलित समुदायमाथि व्याप्त सामाजिक, आर्थिक र राजनीतिक विभेदको अन्त्य गर्दै समावेशी लोकतन्त्र र सामाजिक न्याय स्थापना गर्न यस्ता अभियान अपरिहार्य रहेको धारणा व्यक्त गरे।
नवगठित जिल्ला समितिको अध्यक्षमा महेन्द्र सुनार चयन भएका छन् भने उपाध्यक्षमा चित्र परियार, महिला उपाध्यक्षमा देवी बि.क., सचिवमा जितबहादुर तिरुवा, सह–सचिवमा निरक नेपाली र कोषाध्यक्षमा रामसरा विक चयन भएका छन्। यस्तै, सदस्यहरूमा प्रज्वल चुनारा, सावित्री जनला, जीवन विश्वकर्मा, प्रेम सुनार, खगेन्द्र नेपाली, चन्द्र सुनार र निरोज विक चयन गरिएका छन्।
सामाजिक रूपान्तरण, चेतना अभिवृद्धि र दलित समुदायको सशक्त नेतृत्व निर्माणमा योगदान पुर्याउने लक्ष्यसहित गठन गरिएको उक्त समितिले आगामी दिनमा जिल्लास्तरीय विविध कार्यक्रममार्फत दलित समुदायको मुद्दा उजागर गर्दै संस्थागत पहिचान निर्माणमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेको छ।

जितबहादुर तिरुवा । १ असार २०८२, आईतवार १८:३७