प्रदेशसभा सदस्यहरूले गरे देविका हत्याकाे अनुगमन


बसन्त कुमार विश्वकर्मा
सुर्खेत: रूकुम पश्चिम चाैरजहारी-३, टाटागाउँ असार १७ गते, राति १० बजे ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले लखेटी लखेटी क्रुरतापूर्वक खुकुरी प्रहार गरेर श्रीमती ३० वर्षीय देविका बुढाथोकीकाे हत्या गरेका थिए । साे घटना निकै हृदयविदारक थियाे । देविका बाँच्नकाे लागि धेरै प्रयास गर्दा पनि उनी बाँच्न सकिनन् । उनी दाैडेर भाग्दा समेत खुकुरी प्रहरी गरि क्रुर हत्या उनका श्रीमानले गरेका थिए । घटना निक्कै दर्दनाक छ । मृतकका दुई छाेरी र एक छाेरा रहेका छन । उक्त घटनाका विषयमा शनिबार कर्णाली प्रदेश सभा सदस्य उर्मिला विश्वकर्मा, कल्याणी खड्का, मिलन खड्का र सन्तोषी शाहीले स्थलगत भ्रमण गरेकाे छन् ।
उनीहरूले पिडित परिवारकाे घर, छाेरा छाेरी भेटघाट, चौरजहारी नगरपालिका नगर कार्यपालिका कार्यालय लगायतका निकायसँग छलफल गरेका छन् । चाैरजहारीकाे साेतीमा २०७७ जेठ १० गते नवराज विक हत्याकाण्ड र अहिले देविका हत्याले रूकुम पश्चिम जिल्ला लगायत प्रदेश नै विक्षिप्त बनाएकाे छ । देशमा संविधान बनेकाे १० बर्ष भयाे । आवश्यक ऐन कानुन बनेका छैनन र संविधान पनि कार्यान्वयन भएको छैन । कर्णालीमा घरेलुु हिंसा, जातीय विभेद र बलात्कारका घटनामा करिव १५ जना बढी व्यक्तिहरूकाे मृत्यु भैसकेको छ । मुलुकी अपराध संहिता २०७४ मा जन्म कैदलाई २५ वर्ष बनाइएकाे छ । रातदिन गन्दा साढे १२ वर्ष कायम हुन्छ । कसैले क्रुर हत्या गरेमा अब फाैजदारी कसुर सम्बन्धि प्रचलित कानुन संशोधन गरि हत्यारालाई कडाभन्दा कडा कानुनको व्यवस्था गर्नुपर्छ ।