
सुर्खेत: उज्यालो नेपाल पार्टीको सुर्खेत जिल्ला समिति गठन गरिएको छ । कर्णाली प्रदेश समितिको आयोजनामा सम्पन्न कार्यक्रममा १४ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।
कार्यक्रममा उज्यालो नेपाल पार्टीका कर्णाली प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य ठम्मर बिष्ट प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो ।
नवगठित जिल्ला कार्यसमितिको अध्यक्षमा दिपेन्द्र विश्वकर्मा सर्वसम्मत रूपमा चयन हुनुभएको छ । लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय विश्वकर्मालाई युवा पुस्तामाझ प्रभावशाली व्यक्तित्वका रूपमा हेरिने गरिएको छ । उहाँको नेतृत्वमा सुर्खेत जिल्लामा पार्टी संगठन अझ सशक्त बन्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा सहभागी नेताहरूले दिपेन्द्र विश्वकर्माको नेतृत्वले पार्टीलाई जनतामाझ थप मजबुत बनाउने धारणा राखेका थिए ।
त्यसैगरी जिल्ला समितिको सचिवमा अशोक सुनार, उप-सचिवमा टिकाराम बिक तथा कोषाध्यक्षमा अमरबहादुर नेपाली चयन हुनुभएको छ ।
वरिष्ठ सदस्यमा राजकुमार बिक र किरण बिक चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा बद्री बैगार, प्रेमकली विश्वकर्मा, बाटु बिक, थाम बहादुर बिक, बसिस्ट ढकाल, अरबिन सुनार, सन्दिप सुनार, ललित बहादुर नेपाली, जमुना बिक लगायत चयन हुनुभएको छ ।
कार्यक्रमको अन्त्यमा कर्णाली प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य ठम्मर बिष्टले नवगठित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा सहभागी नेताहरूले उज्यालो नेपाल पार्टीलाई सुर्खेतमा अझ मजबुत र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

खुलानजर । १५ जेष्ठ २०८३, शुक्रबार २१:१३