प्रदेश अस्पतालका नवनियुक्त कर्मचारीलाई कर्मचारी युनियनद्धारा स्वागत


सुर्खेत: प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश अस्पतालमा नियुक्त भएका नर्सिङ स्वास्थ्यकर्मी एवम् अस्पतालसँग सम्बन्धित कर्मचारीहरुको स्वागत गरिएको छ ।
नेपाल निजामती कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल नर्सिङ्ग युनियन, प्रदेश अस्पताल कर्मचारी परिवारको संयुक्त आयोजनामा कर्मचारीहरुलाई स्वागत गरिएको हो ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले देशकै नमुना रहेको प्रदेश अस्पताललाई अझै राम्रो बनाउन नवनियुक्त कर्मचारीहरुको महत्वपुर्ण भूमिका रहेको बताए । उनले सिकाईको अनुभव काममा लगाई बिरामीको सेवा गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।                             
कार्यशैलीलाई परिवर्तन गरे अस्पतालले अझै फड्को मार्ने भन्दै त्यसका लागि सरकारले आवश्यक स्रोत र साधनको विकासमा सरकारले ध्यान दिने बताए ।
यस्तै कर्मचारी युनियनका केन्द्रीय सदस्य राजेश बुढाले मिहिनेत गरेर काम गरे उनीहरुको हकअधिकारका लागि कर्मचारी युनियन सदैव लागि पर्ने बताए ।
प्रजातान्त्रिक संघ कर्णाली प्रदेशका संयोजक डा. नवराज केसीले प्रमाणपत्रभन्दा ठुलो कर्म र सकरात्मक विचार भएकाे बताए ।
यसैगरी प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले कामलाई प्राथमिकता अगाडी बढे सफल हुने बताए । उनले उदाहरणीय काम गरेर पहिलो हुनुपर्नेमा नवनियुक्त कर्मचारीहरुलाई सुझाव दिए ।
स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष उदय थापाले नागरिकलाई मुस्कासहितको सेवा दिनु नै निजामति कर्मचारीको कर्तव्य रहेको बताए ।                                                               
यस्तै निजामती कर्मचारी युनियन सुर्खेतका अध्यक्ष गणेश थापाले कर्मचारीहरुको हक र अधिकारका लागि युनियन सदैव तयार रहेको बताए । आधिकारीक ट्रेड युनियनका प्रदेश संयोजक सुशील केसी लगायत अन्य निजामति कर्मचारीहरुले नवनियुक्त कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।