सल्यानमा विजय जुलुसमा सहभागी दुई जनाकाे करेन्ट लागेर मृत्यु


सुर्खेत: सल्यानमा विजय जुलुसमा सहभागी दुई जनाकाे करेन्ट लागेर मृत्यु भएको छ।

कुमाख गाउँपालिकामा निर्वाचित पदाधिकारीको विजय जुलुस मनाउन गएका दुई जनाको मृत्यु भएको हो।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सल्यानको कुमाख गाउँपालिकाको सिमाना कुमाख–२ मा गुडिरहेको गाडीमा सवार यात्रुलाई बिजुलीको तारले छुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
कुमाख गाउँपालिका–१ का २६ वर्षीय लोकेन्द्र राना र २२ वर्षीय गोपाल बुढामगरको मृत्यु भएको सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।
उनका अनुसार बसको छतमा पार्टीको झन्डा समातेर बसिरहेका यात्रुलाई बिजुलीको तारले छुँदा १५ जनालाई करेन्ट लागेको थियो।
करेन्ट लागेका थप यात्रुको चौरजहारीमा रहेको मिसन अस्पतालमा उपचार भइरहेको छ।