दलित जहेन्दार विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण

सुर्खेत : दिपमाला प्राथमिक विद्यालय वीरेन्द्रनगर–१ सुर्खेतमा दलित, जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । नासो कम्यूनिटी अमेरिकाको आर्थिक सहयोग तथा संयोजक नेपाल, दलित गैरसरकारी संस्था महासंघ, दलित सेवा संघ र दलित महिला संघको समन्वयमा सामग्री वितरण गरिएको हो ।
शैक्षिक सामग्री, खेलकुद सामाग्री, पोशाक र विद्यालयको लागि एक थान कम्प्युटर, कम्प्युटर टेबल र एक थान प्रिन्टर हस्तान्त्रण गरिएको छ ।
यस विद्यालयमा अति गरिब, विपन्न र दलित जेहेन्दार विद्यार्थी रहेको हुँदा विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार शैक्षिक सामग्री वितरण गरिएको नासो कम्यूनिटी नेपाल संयोजक सन्जुसिंह विश्वकर्माले बताए ।
‘यो विद्यालय प्रदेश राजधानीमा भएपनि अवस्था दयनीय छ । विद्यालय व्यवस्थापन समितिको अनुरोधमा अमेरिकामा बसिरहेका नेपालीहरुको संगठन नासोको सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको हो,’नेपाल संयोजक विश्वकर्माले भने, ‘यहाँ गरिब दलित र जेहेन्दा विद्यार्थी बढी छन् । व्यवस्थापन समितिको अध्यक्षदेखि शिक्षक पनि सबै महिला छन् ।’
शिक्षाको कमीकै कारण अहिले पनि समाजमा असमानता, जातिय छुवाछूत र लैङ्गिक विभेदलाई कम गर्न यस्ता कार्यक्रमले टेवा पुर्याउने संयोजक विश्वकर्माको भनाई छ।


व्यवस्थापन समितिकी अध्यक्ष जुना नेपालीले विदेशमा रहेर आफ्नो गास कटाएर पनि जन्मभूमिलाई सम्झी गरिब, दलित, जेहेन्दार विद्यार्थीलाई सम्झेकोमा धन्यवाद दिइन् । उनले यस्त सहयोगले विपन्न विद्यार्थीको शिक्षामा पहुँच हुने विश्वास व्यक्त गरिने् ।
नासो कम्यूनिटी नेपालबाट अमेरिका अध्ययन र विभिन्न उद्देश्यका बसिरहेकारुको संगठन हो । यसले सन् २०२३ देखि २०२६ सम्ममा सात वटै प्रदेशमा शिक्षा सहायता कोषको स्थापना गरी जेहेन्दार, विपन्न दलित विद्यार्थीहरूलाई सहयोग गर्ने लक्ष्य लिएर अभियान सञ्चालन गरेको छ ।