दलित संघद्वारा विपन्नलाई खाद्यान्न सहयाेग


सुर्खेत: पञ्चपुरी-१० की लालीदेवी विकलाई खाद्यान्न सहयाेग गरिएको छ । नेपाल दलित संघ पञ्चपुरी नगरकार्यपालिका समितकाे समन्वयमा विकलाई सहयाेग गरिएको हाे । उनका श्रीमान एचआईभी संक्रमणका कारण मृत्युु भइसकेको छ । लाली पनि एचआईभी संक्रमित हुन् । श्रीमानकाे मृत्युुपछि वेसहारा बनेकी उनकाे आर्थिक अवस्था कमजाेरका कारण साँझ बिहानकाे छाक छार्न समेत मुस्किल परेकाे थियाे ।
उनलाई चामल , दाल , चिनी, तेल र फलफूल लगायतका खाद्यान्न सहयाेग गरिएको छ । नेपाली कांग्रेस पञ्चपुरी नगरपालिका सभापति कृपाराम थापा, नगर दलित सघंका अध्यक्ष ललित सुनार , वडा नम्बर १० का अध्यक्ष हरि ढकाल, वडा सभापति बेदराज भण्डारी,  रमेश बहादुर विक, नैनसिंह विक, मन बहादुर विक र प्रेम सुनारकाे सहभागीतामा विकलाई खाद्यान्न वितरण गरिएको थियाे ।