बेसहारा बालबालिकालाई सुनारकाे पहलमा अध्ययनका लागि काेपिला भ्याली पठाइयो !


सुर्खेत: पञ्चपुरी नगरपालिका–११ का अभिभावकविहिन चार जना बालबालिकालाई समाजसेवी प्रेम सुनारको पहलमा काेपिला भ्याली सेवा समाज सुर्खेतमा अध्ययनका लागि पठाएको छ । आइतबार उनीहरुलाई काेपिला भ्यालीका प्रतिनिधिहरुकाे साथमा पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालविर भण्डारीकाे राेहवहरमा समाजिक अभियन्ता ललित सुनार (प्रकाश), धनीराम विककाे समन्वयमा वीरेन्द्रनगर पठाइएको हाे ।
समाजसेवी सुनारकाे नेतृत्वमा विभिन्न सहयोगीदाताहरुकाे सहयाेगमा सात लाख ३४ हजार ५५७ हजार रुपैयाँ सहयोग समेत जुटेको छ ।


आमाबुवाको मृत्यू भएपछि मनसरा विक, शंकर विक, कपिल विक र कविता विकको सहयोगका लागि उक्त रकम वाणिज्य बैंकमा उनीहरूकै नामकाे सुनामुना खातामा जम्मा भएको छ ।
समाजसेवी सुनारको पहलमा विभिन्न सहयोगीदाताहरुले देश विदेशबाट उक्त रकम सहयोग गरेका थिए । उक्त रकम उनीहरुकाे नामबाट बैंकमा खाता खाेली जम्मा गरिएको छ । यस अभियानमा सहयोग गर्ने पत्रकार, अभियन्ता, कर्मचारी र सहयोगीदाताहरुलाई समाजसेवी सुनारले धन्यवाद दिँदै बालबालिकाकाे उज्वल भविष्यकाे कामना गरे । बालबालिकालाई कोपिला भ्यालीले उच्च शिक्षाको अध्ययन गराउने प्रतिवद्दता जनाएको छ ।