कर्णालीमा २२ दलको धरौटी जफत

सुर्खेत: कर्णाली प्रदेश सभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ। निर्वाचन आयोगले शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउँदा २२ दलहरूको धरौटी जफत भएको जनाएको छ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेश सभातर्फ बन्दसूची पेस गर्ने २८ दलमध्ये कर्णाली प्रदेशमा २२ वटा राजनीतिक दलको धरौटी जफत गरिएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए।
पत्रकार भेटघाटमार्फत शनिबार सहसचिव भट्टराईले निर्वाचन परिणाम प्रतिवेदनअनुसार कर्णाली प्रदेशसभातर्फ ४० जना निर्वाचित भएका छन्। यसमा पुरुष २५ जना ९६२।५ प्रतिशत० र महिला १५ जना ९३७।५ प्रतिशत० निर्वाचित भएका हुन्। उनका अनुसार कर्णाली प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ २८ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए।
“प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ११३ पुरुष र तीन महिला गरी कुल ११६ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो”, उनले भने, “समानुपातिक निर्वाचन प्रणालीतर्फ भने कुल २०० जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो।”
प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा चार लाख ९७ हजार ९८० महिला, पाँच लाख १० हजार ४२० पुरुष र अन्य तीन गरी कुल १० लाख आठ हजार चार सय तीन मतदाता कायम रहेको उनले बताए।

आयोगको प्रतिवेदनअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचनमा ६ लाख १४ हजार ७१७ ९६०।९६ प्रतिशत० मत खसेकामा पाँच लाख ८९ हजार ४८४ ९९५।९ प्रतिशत० मत सदर र २५ हजार २३३ ९४।१० प्रतिशत० मत बदर भएको छ।

समानुपातिक निर्वाचनमा ६ लाख १३ हजार ५०९ ९६०।४ प्रतिशत० मतदान भएकामा पाँच लाख ७७ हजार ८२९ ९९४।१ प्रतिशत० मत सदर भएको छ। उक्त निर्वाचनमा ३५ हजार ६८० ९५।८२ प्रतिशत० मत बदर भएको आयोगले जनाएको छ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १।५ प्रतिशत थ्रेसहोल्ड कटाउने वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ। जसअनुसार कर्णाली प्रदेश सभामा नेकपा [एमाले], नेपाली कांग्रेस, नेकपा [माओवादी केन्द्र], नेकपा [एकीकृत समाजवादी] र राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधित्व भएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ३७ राष्ट्रिय संस्थाका सात हजार ५५३ र दुईवटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको जनाइएको छ। आयोगका अनुसार निर्वाचित प्रदेश सभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ।