लैङ्गिक हिंसाकाे १६ दिने अभियानमा जनचेतनामूलक कार्यक्रम


पञ्चपुरी : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ को अवसरमा पञ्चपुरी नगरपालिकाकाे वडा नम्बर ६, १० र ११ काे समुदायस्तरमा अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। मंगलबार ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ भएको उक्त कार्यक्रम स्थानीय महिला र युवाहरुको सक्रिय सहभागितामा सम्पन्न गरिएको हो।
आवाज संस्थाकाे आयोजना, टिडिएच जर्मनी, MISEREOR/KZE र दिगो बिकास को लागि नेपाल युवा सन्जालको सहकार्यमा आयोजित जनचेतनामूलक र पर्यावरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो।
यी वडा अन्तर्गतका माध्यामिक विद्यालय तथा समुदायमा लैङ्गिक हिंसा रोकथामका उपाय, सुरक्षित प्रविधि प्रयोग, बालबालिकालाई पर्ने मनोवैज्ञानिक असर, घरेलु हिंसा पहिचान र सूचना कहाँ ? दिने भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो। साथै, सहभागीले आफ्ना बस्ती तथा विद्यालय, खानेपानी मुहान सरसफाइ, सुरक्षित वातावरण र लैङ्गिक समानताका पक्षमा नियमित अभियान चलाउने प्रतिबद्धता जनाएका छन्। कार्यक्रमले स्थानीयहरूलाई सशक्त बनाउँदै लैङ्गिक हिंसा अन्त्य अभियानलाई समुदायमै प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
आवाज संस्थाले विगतका वर्षदेखि याे अभियानमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।