कर्णालीले एक वर्षमा १६ किलोमिटर सडक कालोपत्रे ग¥यो

सुर्खेतः कर्णाली प्रदेश सरकारले १ वर्षमा १६ किलोमिटर सडक कालोपत्र गरेको प्रगति विवरण सार्वजानिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजना गरेको प्रगति समीक्षामा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पिच गरेको प्रगति समीक्षामा तथ्यांक सार्वजानिक गरेको थियो ।

त्यस्तै प्रतिवेदनमा ग्राभेल १ सय १३ किलोमिटर , नयाँ सडक १ सय ८९ किलोमिटर निर्माण गरिएको बताइएको छ । त्यस्तै ९ वटा पुल, ८ वटा सडक पुल निर्माण गरेको जानकारी गराएको छ । आर्थिक वर्ष २०७८–७९ को बार्षिक प्रगति विवरण सबै मन्त्रालयले तथा प्रदेश स्तरका कार्यालयले सार्वजानिक गरिरहेका छन् । प्रगति विवरणमा सबै भन्दा राम्रो विकट जिल्ला डोल्पामा रहेको पाइएको छ ।

सुगम जिल्लामा काम सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रश्न समेत गरेका थिए । मुख्यमन्त्री शाहीले कर्मचारीको काम गर्ने स्पीड सन्तोषजनक नभएको भन्दै यो आर्थिक वर्षमा त्यस्ता गल्ती नदोहर्याउन समेत आग्रह गरेका थिए ।

सबै भन्दा ठूलो बजेटको हिस्सा भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले कर्णालीमा सडक, पुल, जनता आवास, यातायात कार्यालय लगाएका ठूला विकासका काम गर्दै आएको छ । कर्मचारी अभावका कारण काम गर्न समस्य भएको समीक्षामा गुनासो गरिएको थियो । बेरुजुको मात्रा समेत भारी मात्रामा रहेको पाइएको छ । ५४ करोड रुपैयाँ बेरुजु रहेको सो कार्यक्रममा जानकारी गराएको छ ।